मूल्यबृद्धिको चौतर्फी विरोध सुरु

nepal_oil_corporation_काठमाडौं, २ फागुन । विभिन्न संघसंगठन र राजनीतिक दलहरुले खाना पकाउने एलपी ग्याँसमा भएको चर्को मूल्य बृद्धिको विरोध सुरु गरेका छन् ।
सरकारले मंगलबार रातिदेखि ग्याँसको प्रति सिलिण्डर ६ सय ३० रुपियाँ बृद्धि गरे पछि विरोध भएको हो ।
यसैवीच, नेकपा (संयुक्त माक्सवादी)ले आज विज्ञप्ति जारी गरेर जनताको ढाड नराम्रोसँग सेकेर नेपाल आयल निगमलाई नाफा दिलाउने बर्तमान सरकारको निर्णय घोर जनबिरोधी रहेको जनाएको छ । उनसले जनतामारा मूल्य बृद्धि तुरुन्त फिर्ता गर्न माग गरेको छ ।

प्रतिक्रिया