काठमाडौं, २ फागुन । काठमाडौंको न्यु डाइमन्ड एकेडेमी धरानमा जारी इजी राइडर्स महिला भलिबल प्रतियोगितामा समूह विजेता बन्न सफल भएको छ । वुमन अफ दि म्याच घोषित १२ वर्षीया सलिना श्रेष्ठको उत्कृष्ट डिफेन्सका कारण न्यु डाइमन्डले मंगलबार भएको खेलमा प्रतियोगिताको प्रबल दाबेदार एपिएफलाई ३–२ ले पराजित गर्यो ।
प्रतिस्पर्धात्मक खेलमा एफिएफ १७–२५,२५–२२,२५–२२, १०–२५,१५–९ ले जित हात पार्यो । ‘सलिनाले राम्रो डिफेन्स खेलेका कारण हामीले जित्यौँ, डाइमन्डका प्रशिक्षक कुमार राईले भने, ‘हाम्रो खेल समग्रमा राम्रो भयो । यही किसिमले खेलाडीहरू प्रस्तुत भए उपाधिसमेत आफ्नो पक्षमा हुने उनले दाबी गरे । ‘उमेरअनुसारका कारण केहिलेकाहीँ कमजोरी हुन्छ, छिट्टै नर्भस हुन्छन्,’ टोलीको कमजोरी बताउँदै उनले भने । डाइमन्डमा १२ वर्षदेखि १७ वर्ष उमेरका खेलाडीहरू छन् । कुनै खेलाडीले राम्रो खेल्न सकेनन्,’ उनले भने ‘बिहान पनि एक खेल भएका कारण केही दबाब हामीलाई थियो । खेलाडीहरूमा स्पाइक पावर नभएका कारण एफिएफले नराम्रो हार बेहोरेको उनले बताए ।
यसअघि भएको खेलमा पुलिसले पश्चिमाञ्चललाई २५–२२, २५–२१ र २५–१७ को सोझो सेटमा पराजित गर्यो । पुलिसको यो पीश्चमाञ्चलमाथि लगातार तेस्रो जित हो । पश्चिमाञ्चललाई फाइनलमा हराउँदै राष्ट्रिय च्याम्पियन बनेको पुलिसले एनभिएकपको सेमिफाइनलमा पनि पश्चिमाञ्चललाई पराजित गरेको थियो । पुलिस क्लबकी कप्तान नीता साह वुमन अफ दि म्याच भइन् । पश्चिमाञ्चलमा अरुणा साहीको अभाव खट्किएको आभाष गराएको थियो । समूह विजेता पुलिसले बुधबार एफिएफको सामना गर्नेछ भने न्यु डाइमन्डले पश्चिमाञ्चलसँग प्रतिस्पर्धा गर्नेछ । एपिएफले पहिलो खेलमा पाहुना टोली भारतको कुचविहारलाई २५–१४, २५–१२ र २५–९ को सोझे सेटमै पराजित गरेको थियो ।
प्रतिक्रिया