फुटबल टोलीमा पुरानै अनुहारको बाहुल्य

काठमाडौं : दुई बर्षभन्दा बढी समयदेखि असफल रहँदै आएका फरवार्ड अनील गुरुङ, सन्तोष साहुखल र जुमानु राइलाई समावेश गर्दै एएफसी च्यालेन्ज कपका लागि २८ सदस्यीय नेपाली टोली सोमबार घोषणा गरिएको छ । प्रतियोगिताअघि यसलाई २३ सदस्यमा झारिने छ । इन्जुरीबाट मुक्त भए पनि जारी लिगमा कमजोर अवस्थामा रहेको पुलिस क्लबका स्ट्राइकर चेतन घिमिरेलाई टोलीमा समावेश गरिएको छ । दुई वर्षपछि चोट मुक्त भएर फर्कदा कमजोर देखिए पनि अन्य नेपाली स्ट्राइकरभन्दा भिन्न ‘क्लास’का खेलाडी चेतन प्रतियोगिता अवधिभर फर्ममा फर्कन सक्ने अपेक्षा पनि धेरैको छ । लिगमा उत्कृष्ट प्रदर्शन गरेका मच्छिन्द्रका मिडफिल्डर विशाल राइ ‘बी’ यस अघि नै टोलीबाट बाहिरिएका थिए ।

३१ सदस्यबाट सोमबार हटाइनेमा गणेश खड्का, सुलभ मास्के र सरोज दाहाल रहे । गणेश पाकिस्तानसँगको पहिलो मैत्रीपूर्ण खेलमा फरवार्डको रूपमा अन्तिम समयमा छिराइए पनि उनको सानो गल्ती नेपाली टोलीका लागि घातक बनेको थियो । दोस्रो खेलमा उनले मौका पाएनन् । सुलभ र सरोजले पनि मैत्रीपूर्ण खेलमा खासै अबसर पाएनन् ।
घोषित २८ सदस्यीय टोली
गोलरक्षक : किरण चेम्जोङ, रितेस थापा, बिकेस कुथु
रक्षक : रोहित चन्द, सागर थापा, सन्दीप राई, विजय धिमाल, जितेन्द्र कार्की, रविन श्रेष्ठ, बिराज महर्जन, सबिन्द्र श्रेष्ठ
मिडफिल्डर : अनिल ओझा, भोला सिलवाल, विजय गुरुङ, विक्रम लामा, जगजित श्रेष्ठ, नवयुग श्रेष्ठ, निराजन खड्का, राजेन्द्र रावल र राजु तामाङ
फरवार्ड : चेतन घिमिरे, दीपक राई, विशाल राइ ‘ए’, अनील गुरुङ, जुमानु राई, भरत खवास, अमर डंगोल र सन्तोष साहुखल

 

प्रतिक्रिया