पर्वतीय खेलको प्रोमो सार्वजनिक

Mountation-Logoकाठमाडौं : आगामी २८ फेब्रुअरीदेखि पोखरामा हुने पर्यटकीय खेलकुद महोत्सवको प्रोमो आइतबार सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा पर्यटकीय खेलकुदसम्बन्धी अन्तक्र्रिया पनि सञ्चालन भयो । कार्यक्रममा संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव सुशील घिमिरेले पर्यटकीय खेलकुदका बारे प्रकाश पारे । कार्यक्रममा नेपाल पर्वतीय खेलकुद महासचिव गोविन्द भट्टराईले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपालका अटो व्यवसायीसम्बन्धी १२ वटा संघ संस्थाको प्रतिनिधिको उपस्थिति थियो । महासंघका उपाध्यक्ष कृष्ण रिमालको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो । नेपालका पर्यटकीय र पर्वतीय खेलकुदसँगसम्बन्धी विभिन्न संस्थाहरू संगठित भएर नेपाल पर्वतीय खेलकुद महासंघ गठन भएको हो । महोत्सव अप्रिलसम्म चल्नेछ । (सौस)

प्रतिक्रिया