पामलाई जुडोको उपाधि

काठमाडौं : सिडब्लुसिएन प्रथम राष्ट्रिय जुडो प्रतियोगिताको उपाधि पामले जितेको छ । आइतबार सम्पन्न दुई दिने प्रतियोगितामा पामले आठ स्वर्ण र दुई कांस्य पदक जितेको छ । प्रतियोगिताको ब्वाइज तर्फ २५ किलोमा महेश श्रीवास्तब (पाम), ३५ केजीमा रूपेश शाही (ओसीड), ४५ केजीमा इन्द्रबहादुर श्रेष्ठ (बालविकास), ५५ केजीमा नीतेश राई (श्रमजित स्कुल) र खुला समूहमा अलानुर अन्सारी (नर्थ होराइजन) पहिलो भए । यसैगरी, ३० केजी सुवोध मण्डल (पाम), ४० केजीमा रोसन डोंग (पाम), ५० केजीमा अनिल तामाङ (सिडब्लुसिएन) र ६० हेमप्रभा खत्री (होपेड) पहिलो भए ।
महिलातर्फ २८ केजीमा अनिता श्रेष्ठ (वानबी हाउस), ३२ केजीमा देवकी माया श्रेष्ठ (पाम), ३६ केजीमा स्वस्तीका सुवेदी (पाम), ४० केजीमा पुष्मा भण्डारी (होपेड), ४४ केजीमा निशा नेपाली (सिडब्लुसिएन), ४८ सीता सार्की (सिडब्लुसीएन), ५२ केजीमा मनिता प्रधान (पाम), ५७ सन्तोषी खनाल (नेपाल युवक स्कुल) र खुला तौल समूहमा पुनम श्रेष्ठ (इडोजो) ले पहिलो स्थान पाएका छन् । प्रतियोगिता दुई दिनसम्म चलेको थियो ।
प्रतियोगिताको उपाधि विजेता पाम, आयोजक सिडब्लुसिएन र होपेड नेपाली जुडोमा पछिल्लो समयमा प्रभावकारी शक्तिको रूपमा रहेका छन् । यिनै संस्थाको कारण नेपालले पछिल्ला दुई दक्षिण एसियाली क्याडेड जुडो प्रतियोगितामा समेत राम्रो प्रदर्शन गरेको थियो । (सौस)

प्रतिक्रिया