पुलिस र आर्मी भिड्ने

काठमाडौं, २८ माघ । नेपाल पुलिस क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द भक्तपुरको सहिद स्मृति खेलमैदानमा जारी आठौँ राष्ट्रब्यापी वर्कर्स कप भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । युवा खेलकुद समूह नेपालको आयोजनामा भएको प्रतियोगिताको शनिबारको खेलमा नेपाल पुलिस क्लबले जिल्ला भलिबल संघ काभ्रेलाई २५/१५, २५/१२ र २५/१३ ले पराजित गर्‍यो । अर्को खेलमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले मध्यपुर खेलकुद समूहलाई २५/१७, २५/२२ र २५/१६ ले पराजित गर्‍यो ।

खेलमा पहिलो सेट आफ्नो पक्षमा सहजै पारेको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले दोस्रो सेटमा भने संघर्ष गर्नु परेको थियो । मध्यपुर खेलकुद समूहको खेल हेर्न थुप्रैको भिड लागेको थियो । शनिबारको पहिलो खेलमा नेपाल पुलिस क्लबका चन्द्र कुँवर र दोस्रो खेलमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रका उत्सव खड्का म्यान अफ द म्याच घोषित भएका थिए । आइतबार नेपाल पुलिस क्लब र नेपाल आर्मी तथा एपिएफक्लब र जावलाखेलबीच सेमिफाइनल खेल हुनेछ ।

प्रतिक्रिया