सिन्धु स्पोटर्स क्लबलाई ल्होसार कप

काठमाडौं, २८ माघ । सिन्धु स्पोर्ट्स क्लबले चौथो शेर्पा ल्होसार कप फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । सानो गौचरणमा भएको फाइनलमा सिन्धुले चोइल्सुङ युनाइटेडलाई २–० गोलले पराजित गर्‍यो । विजेताका बाबु शेर्पा र तेज लामाले गोल गरे । उपाधिसँगै सिन्धुले ३० हजार तथा चोइल्सुङले २० हजार नगद पुरस्कार हात पारे । शेर्पा युथ क्लबद्वारा आयोजित प्रतियोगितामा भोजपुर शेर्पा किडुकले सोल्वा झाङसुकलाई ३–२ ले हराउँदै तेस्रो भयो । भोजपुरले १० हजार नगद पुरस्कार पायो ।

प्रतियोगितामा चोइल्सुङका डेछेन काल्साङ उत्कृष्ट खेलाडी घोषित भए । सिन्धुका रञ्जित गुरुङ उत्कृष्ट गोलरक्षक तथा चोइल्सुङका छिरिङ दोर्जे सर्वाधिक गोलकर्ता बने । विजेतालाई आयोजक क्लबका अध्यक्ष टुक्टी शेर्पा तथा आङ छिरिङले पुरस्कार प्रदान गरे । माघ २० गतेदेखि सुरु भएको प्रतियोगितामा १२ टिमले प्रतिस्पर्धा गरेका थिए । समापनका अवसरमा आयोजकले राष्ट्रिय खेलकुद परिषद् (राखेप)अन्तर्गत प्रचार प्रसार शाखाका लोकेन्द्रकुमार बस्नेतलाई प्रशंसापत्रद्वारा सम्मान गरेको थियो ।

प्रतिक्रिया