भक्तपुर, २६ माघ । भक्तपुरको सहिद स्मृति खेलमैदानमा जारी राष्ट्रव्यापी वर्कर्स कप भलिबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा एपिएफ, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र नेपाल पुलिस क्लब विजयी भएका छन् । बिहीबार एपिएफले आयोजक युवा खेलकुद समूहलाई २५–१४, २५–११ र २५–११ ले पराजित गरेको हो । अर्को खेलमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले जिल्ला भलिबल संघ काभ्रेलाई २५–१९, २५–१५, २०–२५, २५–१४ ले पराजित गर्यो । नेपाल पुलिस क्लबले मध्यपुर खेलकुद समूहलाई २५–१३, २५–१८ र २५–१५ ले पराजित गर्यो ।
एपिएफका स्पाइकर कैलाश भट्ट खेलभरि छाएका थिए । युवा खेलकुद समूहका ब्लकर हेमराज कार्की र सत्यराम निसतु एपिएफका सामु फिक्का देखिएका थिए । पुलिसका स्पाइकर सजय अर्याल पनि खेलमा छाउन सफल भए । एपिएफका सुनील श्रेष्ठ, जावलाखेलका दमन केसी र पुलिसका सञ्जय अर्याल म्यान अफ द म्याच घोषित भए । शुक्रबार नेपाल आर्मी क्बल र नेपाल एपिएफबीचको खेलले समूह विजेताको टुंगो लाग्नेछ । समूह कबाट नेपाल पुलिस र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रबीच खेल हुनेछ ।
प्रतिक्रिया