जगदिशपुरमा सिमसार दिवस

काठमाडौं : १७औँ विश्व सिमसार दिवस ‘सिमसारले गर्छ पानीको स्याहार’ भन्ने नाराका साथ शनिबार (आज) नेपालमा पनि मनाइँदै छ । विश्व रामसार सूचीमा सूचीकृत भए पनि उपेक्षित रहँदै आएको कपिलवस्तुको जगदिशपुर जलाशयमा कार्यक्रम गरी दिवस मनाउन लागिएको हो ।
जिल्ला वन कार्यालय कपिलवस्तुको संयोजकत्वमा मनाइने सिमसार दिवसमा राजधानी र देशभरबाट सिमसारसम्बन्धी सरोकारवाला निकायका व्यक्ति सहभागी हुादै छन् । जगदिशपुर जलाशयको संरक्षणमा सबैको ध्यानाकर्षण होस् भनेर सोही स्थानमा दिवस मनाउन लागिएको सिमसार दिवस कार्यक्रमका संयोजक जिल्ला वन अधिकृत कृष्णप्रसाद पोखरेलले जानकारी दिए । ‘उपेक्षामा परेको जगदिशपुर जलाशय संरक्षण गर्न सकियोस् भनेर दिवसको कार्यक्रम नै जलाशयमा गर्दै छौँ,’ वन अधिकृत पोखरेलले शुक्रबार सौर्यसँग भने ।
उनका अनुसार जलाशयवरपर सरसफाइ गरिएको र सिमसार संरक्षणसम्बन्धी चेतनामूलक सूचना बोर्ड राखिसकिएको छ । दिवसका असवरमा ५० जना म्याराथन र संरक्षणसम्बन्धी नृत्य देखाइने भएको छ । यसका साथै सरकारी निकाय, राजनीतिक दलका स्थानीय प्रतिनिधि, संरक्षणकर्मीलगायतको छलफल कार्यक्रम हुने उनले बताए ।
सिमसार क्षेत्रसम्बद्ध निकाय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तर्फबाट बााके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत झमकबहादुर कार्की कार्यक्रममा सहभागी हुादै छन् । विगतमा राजधानीको कुनै हलमा गरिादै आएकोमा सिमसारसम्बन्धी जनचेतना जगाउन सिमसार क्षेत्रमै कार्यक्रम गर्न सुरु गरिएको विभागले जनाएको छ । गत वर्ष सिमसार क्षेत्रमै पहिलोपटक कोसीटप्पुमा ‘१६औँ विश्व सिमसार दिवस’ मनाइएको थियो । (सौस)

प्रतिक्रिया