“बी” डिभिजन सुरु, तीर्थबहादुरको ह्याट्रिक

काठमाडौं : राजधानीमा सोमबारदेखि सुरु भएको सहिद स्मारक रेडबुल ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा श्रीकुमारी क्लबले विजयी सुरुवात गरेको छ । श्रीकुमारीले श्रीलाली गुराँस पुल्चोक युवा क्लबलाई ३–० ले पराजित गर्‍यो । अर्को खेलमा सातदोबाटो युवा क्लबले च्यासल युवा क्लबलाई २–० ले हरायो । । श्रीकुमारीको जितमा तीर्थबहादुर लामाले हयाट्रिक गरे । यता सात दोबाटोलाई जित दिलाउन विमल राना मगर र टंक लामाले गोल गरे । प्रतियोगितामा १३ क्लब सहभागी छन् । (सौस)

प्रतिक्रिया