स्यालले टोकेर तीन जना घाईते

दैलेख, १५ माघ । दैलेखको पश्चिममा रहेको तोलीजैसी गाविस वडा नम्वर ७, छडाथानका तीन जना स्थानीयलाई बहुँला स्यालले टोकेर घाइते बनाएको छ ।
घाईते हुनेमा तोलीजैसी–७ का नरवहादुर शाही, पूर्णबहादुर शाही र मानवहादुर शाही रहेका छन् । घाइते भएका नरवहादुर शाहीको जिल्ला अस्पतालमा उपचार भईरहेको छ भने दुईजनालाई उपचारका लागि सुर्खेत लगिएको स्थानीय गणेश भण्डारीले जानकारी दिए ।
बहुलाएको स्याल वस्तीमा पसेर गोठमा बाँधेका चौपायलाई टोकेर घाइते वनाए पछि स्याललाई धपाउने क्रममा टोकेको घाइते नरबहादुर शाहीले बताए ।
बहुलाएको स्यालले सोही गाविसको मसाने, ठूलीछहरी, छडाथान गरेर तीन वटा वस्तीमा झण्डै एकदर्जन चौपायलाई टोकेर घाइते बनाएको पूर्णबहादुर शाहीले बताए ।

प्रतिक्रिया