द्वन्द्व हुँनुमा एमाओवादी र सरकार दोषी

rastriya manb aadhikar aayogकाठमाडौं, ११ माघ । राष्ट्रिय मानवअधिकार आयोगले पत्रकार डेकेन्द्र थापाको हत्याका अभियुक्तहरूलाई कारबाही चलाउने वा नचलाउने भन्ने सवाललाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच उत्पन्न द्वन्द्वप्रति दुःख व्यक्त गरेको छ ।
आयोगले आज विज्ञप्ति जारी गरेर दैलेखमा बुधबार भएको दुई समूहबीचको झडपमा एमाओवादी र विपक्षी दलहरु दोषी रहेको आरोप लगाएको छ । ‘स्थानीयस्तरको परिस्थितिलाई नजरअन्दाज गरी मुठभेडको परिस्थिति निम्त्याउनमा सत्तापक्षीको अभिव्यक्ति र एमाओवादीको जिल्ला अधिवेशनमा नेताहरूलाई जिल्ला प्रवेश निषेध गर्ने प्रतिपक्षको कार्यशैली जिम्मेवार देखिएको छ,’ आयोगको विज्ञप्तिमा उल्लेख छ ।
शान्तिपूर्ण रूपमा प्रदर्शनमा उत्रेका आन्दोलनकारी र सर्वसाधारण नागरिकमाथि भएको प्रहरी हस्तक्षेपको विरोध जनाएको आयोगले एमाओवादीको कार्यलयमा भएको तोडफोडप्रति खेद जनाएको छ ।
आयोगले आन्दोलनमा उत्रेका पत्रकार र स्थानीय सञ्चारगृहमाथि भएको दुव्र्यवहार तथा तोडफोडको पनि विरोध गरेको छ ।
दैलेखको सदरमुकाममा बुधबार भएको पछिल्लो घटनाबारे थप वास्तविकता बुभ्mन आयोगको अनुगमन टोली त्यसतर्पm प्रस्थान भइसकेको विज्ञप्तिमा उल्लेख छ ।
‘पत्रकार डेकेन्द्र थापाको हत्याका सन्दर्भमा भएका अनुसन्धान र अदालती प्रक्रिया विधिसम्मत ढंगबाट पूरा गर्न–गराउन तथा विद्यमान राजीतिक द्वन्द्वलाई संवाद र छलफलको माध्यमबाट तार्किक निष्कर्षमा पुराउन अनुरोध गर्दछैं,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया