पोखरा १०, माघ : पोखरामा मंगलबारदेखि सुरु ११औँ आहा † रारा गोल्डकपमा जावलाखेल युथ क्लबले विजयी सुरुआत गरेको छ । मंगलबार भएको उद्घाटन खेलमा जावलाखेलले धरान फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्यो । राजधानीमा जारी लिग फुटबलमा रेलिगेसनको संगारमा रहेको जावलाखेलले अब क्वार्टरफाइनलमा गोर्खा बिग्रेड टिम भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
निर्धारित र अतिरिक्त समयमा गोल गर्न नसके पनि जावलाखेलले टाइब्रेकरको नतिजा भने आफ्नो पक्षमा पार्यो । धरानले पहिलो हाफमा पाएको पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा पहिलो खेलबाटै पोखराबाट बिदा लिनु पर्यो । जावलाखेलका लागि पेनाल्टी सुटआउटमा कृष्ण शाक्य, रविन व्यञ्जनकार, सञ्जोक चाम्लिङ र सुशील शाहको प्रहार गोलमा परिणत भएको थियो भने धरानका लागि सुवर्ण लिम्बू र किरण राईले मात्र गोल गर्न सके । धरानका सुरेन तामाङ र डिलेन लिम्बूको प्रहार भने खेर गयो ।
प्रतियोगिताको २७औँ मिनेटमा जावलाखेलका फिरोन मगराटीको ह्यान्ड हुँदा धरानले पेनाल्टीको मौका पाएको थियो । धरानका विवेक गुरुङले प्रहार गरेको पेनाल्टी क्रसबारमा ठोक्किँदा गोलको सुनौलो अवसर गुमेको थियो । खेलभर दुवै टिमले गोलका थुप्रै अवसर गुमाए । प्रतियोगितामा बुधबार त्रिभुवन आर्मी क्लब र एनआइबिएल प्रेmन्डस् क्लबबीच प्रतिस्पर्धा हुनेछ । २० माघसम्म सञ्चालन हुने यस प्रतियोगितामा १२ टिमको सहभागिता छ ।
प्रतिक्रिया