निगमका पूर्वमहाप्रवन्धक शर्मा भ्रष्टाचारी

काठमाडौं, २५ पुस । सर्वोच्च अदालतले नेपाल आयल निगमका पूर्वमहाप्रबन्धक मदनराज शर्मालाई आज भ्रष्टाचारी ठहर गर्दै कैद तथा विगोजरीवाना फैसला गरेको छ ।
प्रधान न्यायाधीश खिलराज रेग्मी र न्यायाधीश सुशीला कार्कीको संयुक्त इजलासले पदीय मर्यादा विपरीत शर्माले भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको ठहर भएको सर्वोच्चले जनाएको छ ।
शर्माले एक वर्ष कैद र बिगो तथा जरिवाना गरी एक करोड रुपियाँ तिर्नुपर्ने छ । ५३ लाख ९९ हजार ७ सय ८० रुपियाँ जरिवाना र सोही बराबरको बिगो रकम असुल गर्ने सर्वोच्चको फैसलामा उल्लेख छ ।
यसअघि विशेष अदालतले पनि शर्माले दुई करोड रुपियाँ भन्दा बढी रकम भ्रष्टाचार गरेको ठहर गर्दै २ वर्ष कैद र ४ करोड रुपियाँ बराबरको सम्पत्ति जफत गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया