चारबुंदे सम्झौताको अध्ययन गर्न समिति

काठमाडौं : सरकारले एमाओवादी नेतृत्वमा सरकार गठनका क्रममा मधेसी मोर्चासँग भएको चारबुँदे सम्झौता कार्यान्वयनका विषयमा अध्ययन गर्न समिति बनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा मोर्चाका  तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले सम्झौता अझै कार्यान्वयन हुन नसकेको भन्दै आपत्ति जनाएपछि  त्यसबारे अध्ययन गर्न समिति बनाइएको हो । भौतिक योजना निर्माण तथा यातायातमन्त्री हृदयेश त्रिपाठीले गृह, आवास, शान्ति, अर्थ र प्रधानमन्त्री कार्यालयका सचिवहरू सम्मिलित समिति बनाइएको जानकारी दिए । समितिलाई पाँच दिनको म्याद दिइएको छ । (सौस)

प्रतिक्रिया