गाँजा फँडानीमा दलहरूको विमति

हेटौँडा, २० पुस । प्रहरी प्रशासनले मंसिरबाट उत्तर पश्चिम क्षेत्रका विकट गाविसमा मौलाउँदै गरेको गाँजा, चरेस लागुऔषध फँडानीमा मकवानपुरका राजनीतिक दल असहमत भएका छन् । त्यस क्षेत्रका १२ गाविसमा हुँदै आएको लागुऔषध खेतीप्रति र प्रशासनको काम कारबाहीबारे दलहरूले असहमति प्रकट गरेका हुन् ।
उनीहरूले गाउँका जनतालाई विकल्प नदिई लगाइएको बाली फँडानी गर्नुको कुनै औचित्य नभएको बताए । वर्षौंदेखि गरिँदै आएको लागुऔषध नियन्त्रणका लागि सुरुको अवस्थामा वास्ता नगर्ने र उत्पादनपछि आम्दानी लिने बेलामा फँडानी गरिनुले गाउँका जनतामा भोकमरीको स्थिति पैदा हुने दलहरूको राय छ । लागुऔषध नियन्त्रणको काम सराहनीय हुँदाहुदै पनि केही वर्षसम्म स्थानीय तहमा रोजगारीको अवस्था सिर्जना गर्नुपर्ने र गाविसमा जाने बजेट, जिल्ला विकास, गाविसमा कार्यरत गैरसरकारी संस्थाले त्यहाँका विषयमा गम्भीरता देखाउनु पर्ने नेकपा एमाले मकवानपुरका अध्यक्ष रामेश्वर रानाले बताए ।
जिल्ला प्रशासनको ७५ हजार र जिल्ला विकासको एकलाख रुपियाँ सहयोगमा एक महिनादेखि गाउँमा रहेर लागुऔषध नियन्त्रणका लागि प्रयास गरेको प्रशासनले अहिलेसम्म सातहजार सात सय ६१ रोपनीमा लगाएको गाँजा, दुई बिघा दश कठ्ठामा लगाएको अफिम र एक हजार एक सय सात केजी तयारी गाँजा नष्ट गरिसकेको जनाएको छ । नेपाल प्रहरीका दुई हजार आठ सय ३५ र सशस्त्र प्रहरी बलको ८० प्रहरी जवान तथा अधिकृत गाउँमा बसेर काम गरिरहेका छन् । प्रहरीले जिल्लाको भार्ता, कालिकाटार, खैराङ, गोगने, डाँडाँखर्क, काँकडा र राक्सिराङमा लगाएको गाँजा, अफिम र तयारी गाँजा नष्ट गरेको हो ।
नामटार र सरिखेतमा नष्ट गर्न बाँकी रहेको जनाइरहेका अवस्थामा प्रहरीले गाउँँका जनतासँँग रकम असुली गरेको चर्चा पनि चलेको छ । गाँजा फल्ने ठाउँमा तरकारी फल्ने बताउँदै नेकपा–माओवादीकी संयोजक कुमारी मोक्तानले पहिला किसानलाई वैकल्पिक खेतीतर्फ लगाउनुपर्ने र उत्पादनलाई बजारसम्म पुर्‍याउनका लागि सडक बिस्तार गरिनुपर्ने बताइन् । उनले ०५२ सालदेखि त्यस क्षेत्रमा गाँजा अफिमको खेती हुने र पछि यातायातको व्यवस्था भएपछि किसान आपैँm वैकल्पिक खेतीमा लागेको जानकारी दिइन् ।
गाउँमा लागुऔषध नियन्त्रणका लागि गएको प्रहरी अधिकृतले गाउँका जनतासँँग रकम असुली गरी गाँँजा फँडानी नगरी फर्किएको स्थानीयको आरोप छ । गाउँमा थोरै जमिनमा आर्थिक आम्दानीको लोभ गर्दै लागुऔषधको उत्पादन गरिरहेका महिलाले पँmडानी नगरिदिनु भन्दा प्रहरीले ‘सेक्स गर्न दिने हो’ भन्ने गरेको चर्चाले सदरमुकाम हेटौंँडा तातेको छ । मकवानपुरमा लागुऔषध मुद्दामा मात्र एक सय ८२
प्रहरी नियन्त्रणमा छन् । लागुऔषध नियन्त्रणको काम गर्नु सकारात्मक हुँदाहँुदै पनि किसानको हित गर्ने गरी १२ गाविसका लागि गुरुयोजना बनाउनु पर्ने, सबै गाविसलाई पायक पर्ने गरी सेवा केन्द्र स्थापना गर्नुपर्ने, सामान्य रकम लगेर काम गर्ने र किसानलाई मारमा पर्न नदिनका लागि उनीहरूको दीर्घकालीन हितका लागि काम गर्नुपर्ने राप्रपाका क्षेत्रीय सभापति सीताराम बर्तौलाले बताए ।
६५ वर्षीया वृद्धालाई बोक्सी भनेर पहिले पनि प्रताडित गरिएको र पीडकले अब आइन्दा यस्तो कार्य नगर्ने भनेर बताए पनि पुन: हिंसा दोहोर्‍याएकाले कानुनी कारबाही अघि बढेको उनले बताए । पहिले पनि पीडकलाई समाजिकस्तरमा दण्ड जरिवाना गरी छुटाउने प्रथाका कारण बोक्सीका घटना मौलाउँदै गएको एसपी शाहले बताए

प्रतिक्रिया