‘सहमतिको सम्भावना सकियो’

विराटनगर : नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि दलहरूबीच सहमति हुने सम्भावना समाप्त भएको बताएका छन् । साथै, उनले एकीकृत माओवादीविरुद्ध आन्दोलनमा जाने चेतावनी पनि दिएका छन् । ‘एमाओवादीको अतिवादी सोचका कारण दलहरूबीच राष्ट्रिय सहमति हुने सम्भावना सकियो । अब आन्दोलनको विकल्प छैन,’ अध्यक्ष खनालले शुक्रबार विराटनगरमा सुरु भएको एमाले मोरङको सातौँ जिल्ला अधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै भने ।
खनाललेले एमाओवादी र मधेसी मोर्चा सत्ता लम्ब्याउने खेलमा लागेकाले आन्दोलनको बलबाट सत्ता परिवर्तन गर्ने चेतावनी दिए । एमाओवादी र मधेसी मोर्चामा सहभागी दलहरू सत्ता लम्ब्याएर कुर्सीमा बसिरहने नियतका कारण सहमति हुन नसकेको पनि उनको भनाइ छ ।

प्रतिक्रिया