हिन्दू राज्यको मागसहित शोभा यात्रा

काठमाडौं, ११ पुस । हिन्दू राज्य कायम गर्न माग गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज राजधानीमा शोभा यात्रा निकालेको छ ।
रत्नपार्कदेखि सुरु भएको शोभा यात्रा पशुपति नाथको मन्दिरमा पुगेर समापन भएको हो । झण्डै दुई साता लामो रथ यात्रा पछि राप्रपा नेपालले काठमाडौंमा शोभा यात्रा निकालेको जनाएको छ ।
शोभा यात्रामा उल्लेख्य समर्थकहरुको सहभागिता रहेको थियो । शोभा यात्राका कारण बागबजार, पुतलीसडक, पुरानो बानेश्वर, डिल्लीबजार, गौशालालगायतको क्षेत्रको सवारी आवागमन प्रभावित भएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ ।
राप्रपा नेपालले हिन्दू राज्यको माग गरेर पुस दुई गते देखि जनकपुरबाट रथ यात्रा सुरु गरेको थियो । रथ यात्रा आज पशुपति नाथ मन्दिरमा पुगेर समापन भएको छ ।

प्रतिक्रिया