फरार अभियुक्त पक्राउ

काठमाडौं : अदालतबाट झन्डै पौने करोड रुपियाँ बराबरको बिगो ठहर भई फरार रहेका पब्लिक फाइनान्स को–अपरेटिभ लिमिटेडका चार सञ्चालकलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले पक्राउ गरी काठमाडांै जिल्ला अदालतमा बुझाएको छ । पक्राउ पर्ने दोलखा भीमेश्वर नगरपालिका–३ का ४६ वर्षीय रामनारायण प्रधान, दोलखा भीमेश्वर नगरपालिका–३ का ४० वर्षीय रोशन श्रेष्ठ, मैतीदेवीका ४० वर्षीय प्रताप केसी र दोलखा भीमेश्वर नगरपालिका–४ का ४६ वर्षीय रादेशकुमार प्रधान
रहेका छन् ।
पक्राउ परेकामध्ये रामनारायणलाई काठमाडांै जिल्ला अदालतले २२ लाख ९९ हजार पाँच सय ९३ रुपियाँ र २ वर्ष १० महिना १९ दिन कैद सजाय तोकेको थियो । त्यस्तै, अन्य तीन जनाको हकमा अदालतले प्रत्येकलाई १४ लाख १८ हजार ५ सय ९३ रुपियाँ र एक–एक वर्ष कैद सजाय तोकेको थियो । (सौस)

प्रतिक्रिया