मिस नेपाल चैतमा

काडमाडौ : १८ औ मिस नेपाल प्रतियोगिताको आयोजना चैतमा हुने भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा आयोजक द हिडेन ट्रेजर प्रालिले आगामी चैत २ मिस नेपाल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको छ ।
द हिडेन ट्रेजर प्रालिले बोटलर्स नेपालको प्रायोजनमा गर्न लागेको मिस नेपालका सहभागीलाई गराइने तालिम र तयारीका काम सुरु भएको छ । यसअघि नै आवेदन फाराम खुला भइसकेको प्रतियागिताको आवेदन फाराम माग १५ गतेभित्र भरिसक्नु पर्ने आयोजक संस्थाका अध्यक्ष गोपालचन्द्र कक्षपतिले बताए ।
प्रतियोगितामा देशका बढी भूभागबाट सहभागी जानाउन सकुन् भनेर यो वर्ष कास्की, रूपन्देही, मोरङ, चितवन र काठमाडौंमा छनोट कार्यक्रम राखेर अन्तिम प्रतिस्पर्धाका लागि प्रतियोगी छान्ने कार्यक्रमा तर्जुमा गरिएको आयोजकले बताएको छ । (सौस)

प्रतिक्रिया