सुनिलबाबुले संवेदनशील अंग छोए

काठमाडौं ७ पुस । तेस्रो लिङ्गीहरुको संस्था नील हीरा समाजका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले यौनिक तथा लैङिगीक अल्पसंख्यक समुदायको नाममा आएको लाखौं रकम भ्रष्टाचार गरेको आरोप लागेको छ ।
मितिनी नेपाल नामक संस्थाले आज काठमाडौंमा पत्रकार सम्मलेन गरेर पन्त सभासद् हुँदा पदीय मर्यादा विपरीत संविधानसभा र समाजका तर्फबाट तलब भत्ता लिएको दाबी गरेको छ । संस्थाका सदस्य जमीन राणाले पन्तलाई भ्रष्टाचर गरेको भन्दै कारबाहीको माग गरे ।
निर्देशक पन्तले भ्रष्टाचार गरेर धुम्बाराहीमा आफ्नै नाममा भवन बनाएको राणाको आरोप छ ।
महिला समलिङ्गी पुनम रोक्काले पन्तले कार्यालयमा कार्यरत कर्मचारीसँग यौन दुव्र्यवहार गर्ने गरेको आरोप लगाईन । ‘नील हीरा समाजमा तेस्रोलिङ्गी भक्ति शाहलाई पन्तले कार्यालयमा नै यौन दुव्र्यवहार गर्ने, संवेदनशील अंग छुने जस्ता कार्य गरेका छन् ।’

प्रतिक्रिया