२७ किलो चरेशसहित तीन जना पक्राउ

वीरगञ्ज, ३० मंसिर । पर्साको मिर्जापुरबाट प्रहरीले ठूलो परिमाणमा चरेशसहित तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले शनिबार बिहान २७ किलो चरेशसहित धोबिनी–२ का ३५ वर्षीय मोहन साह, ४० वर्षीय महेश साह र ५५ वर्षीय दली मियाँलाई पक्राउ गरेको हो । प्रहरी चौकी मिर्जापुरबाट सहायक निरीक्षक नन्दलाल साहको नेतृत्व खट्टिएको टोलीले मिर्जापुर–१, ओरीया खोला नजिकैबाट चरेशसहित तीन जनालाई पक्राउ गरेको जनाएको छ ।
नियमित गस्तीमा रहेको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा चरेश बरामद भएको सहायक निरीक्षक साहले जानकारी दिए ।
पर्साकै विश्रामपुरबाट शुक्रबार राति सशस्त्र प्रहरीले एक क्वीन्टल २० किलो गाँजा बरामद गरेको छ । बहुअर्वाभाठा बेस क्याम्पबाट खट्टिएको सशस्त्र प्रहरीको टोलीले ६ ओटा पोकामा रहेको एक क्वीन्टल २० किलो गाँजा बरामद गरेको हो । गाँजा धनीहरु भने फरार छन् ।
उता, सिर्सीया खल्वाटोलामा रहेको सुख्खा बन्दरगाहस्थित अस्थायी प्रहरी पोष्टले पनि शनिबार बिहान ३० किलो गाँजा बरामद गरेको छ । गाँजा अलौ गाविसको कोनीयाबाट बरामद गरिएको हो ।

प्रतिक्रिया