“राष्ट्रपति पछाडि फर्कदैनन्”

चितवन, २९ मंसिर । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले राष्ट्रपतिले आह्वान गरेको प्रक्रियाअन्तर्गत नै नयाँ प्रधानमन्त्री चयन हुनुपर्ने बताएका छन् ।
कांग्रेस नेता भीमबहादुर तामाङको १३औँ पुण्यतिथिमा बिहीबार भरतपुरमा आयोजित कार्यक्रममा उपसभापति पौडेलले राष्ट्रपति नयाँ प्रधानमन्त्री चयनका लागि अगाडि बढिसकेकाले अब पछाडि फर्कन नसक्ने दाबी गरे । संविधानसभाको नयाँ चुनावको सुनिश्चितताका लागि पनि वर्तमान सरकारको विकल्प खोजिएको उल्लेख गर्दै पौडेलले सत्तारूढ दलहरूले सत्ताको आयु लम्ब्याउन र चुनाव छल्न आलटाल गरिरहेको आरोप लगाए ।
उनले भीमबहादुर तामाङ आस्था, विचार र कर्मका सच्चा समाजवादी नेता रहेको स्मरण गर्दै नेता तामाङको चिन्तन र विचारलाई सबैले अवलम्बन गर्नुपर्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया