राष्ट्रपतिद्वारा पाँच दिनको समय थप

काठमाडौं, २८ मंसिर । राष्ट्रपति डा.रामवरण यादवले प्रमुख दलहरुको सुझाव र आग्रहमा सहमतीय सरकार बनाउन पुनः चौथो पटक समयसीमा थपिदिएका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटबार्तामा प्रमुख दलका शीर्ष नेताहरुले डा.यादवसँग पाँच दिनको समयसीमा थप गर्न आग्रह गरेका थिए । उनीहरुको आग्रहमा चौथो पटक सयम थप गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
भेटमा डा.यादवले दलहरुलाई चौथो पटक थपिएको समयसीमा भित्रै सहमतीय सरकार बनाउँन दवाव दिएका थिए । प्रमुख दलहरुले सहमतिको सरकारका लागि प्रधानमन्त्रीको टुङगो लगाउन नसके पछि पुनः म्याद थपको आग्रह गरेका हुन् ।
डा.यादवसँगको भेटका लागि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल तथा मधेसी मोर्चाबाट विजय गच्छेदारलगायतका नेताहरु पुगेका थिए ।

प्रतिक्रिया