प्रजातान्त्रिक मूल्य मान्यतासँग सम्झौता हुँदैन

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले सत्ताका लागि प्रजातन्त्र र पार्टीको मूल्यमान्ताहरुसँग सम्झौता गर्न नसकिने जनाएका छन् ।
पार्टी कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्ने सदस्यले एमाओवादीले भने जस्तो पूर्वसहमति गरेर सत्ता प्राप्त गर्न नसकिने जनाएका हुन् । एक सदस्यका अनुसार एमाओवादीले भने जस्तो निर्वाचन अघि संविधानका विवादित विषयमा सहमति गर्न नसकिने सदस्यहरुले जनाए ।
एमाओवादीले मुलुकलाई निकास दिन नचाहेको बताएका नेताहरुले मुलुकमा निर्वाचन गराउन कांग्रेस नेतृत्वमा सरकार बनाउँनै पर्ने जनाएका छन् ।
यसैबीच, कांग्रेसले भ्रातृ संस्थाहरुका विधान सुझावलाई मंसिर मसान्त सम्म केन्द्रमा बुझाउन निर्देशन दिएको छ । महामन्त्रीहरुको संयोजकत्वमा रहेका निर्देशन समितिले नेपाल महिला संघ, नेपाल तरुण दल र नेपाल आदिवासी जनजाति संघका विधानहरु मंसिर मसान्तभित्रमा केन्द्रमा पेश गर्ने निर्णय गरेको बैठक पछि जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया