कृष्ण र मिलनलाई उपाधि

काठमाडौं : रुसको संविधान दिवसको उपलक्ष्यमा रुसी सांस्कृतिक संस्थानले आयोजना गरेको बुद्धिचाल प्रतियोगिताको सिनियर स्पर्धामा कृष्ण थापा पहिलो भए । थापाले १० खेलमा आठ अंक जोडे भने समान आठ अंक जोडेका केशव श्रेष्ठ दोस्रो भए । यसैगरी मनिस हमाल तेस्रो भए । प्रतियोगिातमा बद्रीलाल नेपाली चौथो भए । प्रतियोगितामा ११ खेलाडीको सहभागिता रहेको थियो ।
यसै अबसरमा आयोजित जुनियर प्रतियोगितामा अन्नपूर्ण उच्च माविका मिलन लामा पहिलो भए । ग्रिनल्यान्डका सुसन गौतम दोस्रो तथा सञ्जय श्रेष्ठ तेस्रो भए । मिलनले पाँच अंक जोडे भने सुसन र सञ्जयले
चार /चार अंक जोडे । प्रतियोगिताका विजेतालाई स्टानिस्लाभ सिमाकोभले पुरस्कार वितरण गरे । कार्यक्रममा नेपाल बुद्धिचाल संघका उपाध्यक्ष ज्ञानेन्द्र खाइजुले पुरस्कार वितरण गरे ।
यसैबीच अन्तर्राष्ट्रिय रुसी सांस्कृतिक संस्थानबीचको अनलाइन चेस प्रतियोगितामा नेपालले दोस्रो स्थान पाएको छ । नेपालको प्रतिनिधित्व कृष्ण थापा, केशव श्रेष्ठ र मनिस हमालले गरेका थिए । (सौस)

प्रतिक्रिया