मुर्सीको विरोधमा पाँचको मृत्यु

कायरो : इजिप्टका राष्ट्रपति मोहम्मद मोर्सीविरुद्ध इजिप्टमा विरोध प्रदर्शन जारी रहँदा बुधबार राति भड्किएको हिंसामा परी पाँचजना प्रदर्शनकारीको ज्यान गएको छ । प्रदर्शनकारीले राष्ट्रपति कार्यालयअगाडि प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा बुधबार राति र बिहीबार बिहान गरी पाँचको ज्यान गएको हो ।
देशको शासनसत्ता हातमा लिएपछि राष्ट्रपतिले विपक्षीहरूको बेवास्ता गरेको तथा देशको न्यायपालिकाको अधिकार पनि आफँैले लिन खोजेको आरोप मुर्सीमाथि लगाइएको छ । इजिप्टका प्रतिपक्षी दलहरूले मुुर्सीविरोधी प्रदर्शनलाई जारी रहने बताएका छन् । बुधबार राष्ट्रपतिको कार्यालय अगाडि दशाँै हजार प्रदर्शनकारीले मुर्सीविरुद्ध नाराबाजीसहित विरोध गरेका थिए । प्रदर्शन नियन्त्रणका लागि प्रहरीले बल प्रयोग गर्दा प्रदर्शनकारीको मृत्यु भएको बताएको छ । इजिप्टका सञ्चारमाध्यमले प्रहरीको गोली लागेर चार प्रदर्शनकारीको मृत्यु भएको बताएका छन् । तर, प्रहरीले भने प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा विपक्षी दलका एक नेताले व्यक्तिगत स्वतन्त्रता र प्रचलित
मुर्सीले विश्वव्यापी मूल्य–मान्यतामाथि अंकुश लगाउने खालको नयाँ संविधानको मस्यौदा ल्याएको भन्दै इजिप्टमा उनीविरुद्ध प्रदर्शन आरम्भ भएको हो । मस्यौदामा उल्लेख गरिएको एउटा विवादस्पद प्रावधानमा राष्ट्रपतिमाथि असीमित अधिकार रहने उल्लेख भएपछि राष्ट्रपति मुर्सीको देशव्यापी विरोध सुरु भएको थियो । आºना लागि असीमित अधिकार सञ्चय गरेर मुर्सीले मुलुकमा तानाशाही लाद्न खोजेको आरोप विपक्षीहरूको छ । तर, मुर्सीका हजारौँ प्रशंसकले उनका पक्षमा दशका विभिन्न भागमा जुलुस निकालिरहेका छन् ।
विवाद बढ्दै गएपछि गत साता राष्ट्रपति मुर्सीले देशको नयाँ संविधानको मस्यौदामाथि डिसेम्बर १५ मा जनमतसंग्रह हुने घोषणा गरेका थिए । मुर्सीको दल ‘मुस्लिम ब्रदरहुड’को बहुमत रहेको संविधानसभाले नयाँ संविधानको मस्यौतालाई स्वीकृति प्रदान गरेको केही दिनभित्रै मुर्सीले यस्तो घोषणा गरेका थिए । इजिप्टमा विशेष गरी धर्मनिरेपेक्षताको वकालत गर्ने र क्रिस्चियन समुदायका मानिसले नयाँ संविधानको मस्यौदाको विरोध गरिरहेका छन् । (एजेन्सी)

प्रतिक्रिया