सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं, २१ मंसिर । सिन्धुपाल्चोक जिल्लाको चिलाउनेमा आज बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
धुस्कोट विन्जेलबाट काठमाडौंतर्फ आउँदै गरेको बा.२ ख ६५७९ नम्वरको बस आज पौने दस बजे फुल्पीङकोट–६, चिलाउनेमा दुर्घटना भएको प्रहरीले जनाएको छ । बस सडकबाट अंदाजी २ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।
फुल्पीङ–९ बस्ने ३० वर्षीय काले गुरूङ, उनकी पत्नी २८ वर्षीया सर्कीनी गुरूङ र ३ वर्षीय कान्छा गुरूङको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका फल्पिङ–७ बस्ने २४ वर्षीय अशोक लामासहित ९ जनालाई उपचारका लागि सदावहार अस्पताल खाडीचौर लगिएको छ ।
उता, ओखलढुंगाको टोक्सेल–२, हर्कपुरस्थित दुधकोशी नदीमा तोडर पल्टीदा एक जनाको मृत्यु भएको छ ।
बालुवा निकाल्न जाँदै गरेको बा.१ क ७७८० नम्बरको लोडर आज विहान सवा ८ बजे अचानक पल्टीदा चालक रौतहट जुटवेली बस्ने २५ वर्षीय समिर श्रेष्ठ मेत्यु भएको छ । सहचालक मकवानपुर जिल्ला चुरीयामाई–१ बस्ने १७ वर्षीय शेरबहादुर थिङ्ग गम्भीर घाईत भएका छन् ।
यसैबीच, दाङको बिजौरी–३ मा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
घोराही तुल्सीपुर सडकखण्डमा बा.२ ख ९६४८ नम्बरको ट्रक र ना.४ ख ९६५० नम्बरको बस आज विहान ५ बजे एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा ट्रकचालक घोराही नगरपालिका–९ बस्ने २७ वर्षीय माधब बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रकका सहचालक २० वर्षीय खिमबहादुर डाँगी गम्भीर घाइते भएका छन् ।

प्रतिक्रिया