सडकमै भालुसँग सेक्स

मान्छेलाई कति बेला कुन सनक चल्छ, थाहा पाउनै गाह्रो । सनक चढ्नासाथ अनेकौं हर्कत देखाउन थालिहाल्छ । भर्खरै अमेरिकाको मध्य सडकमा एउटा मानिसले देखाएको हर्कत देखेर नजिकै हिँडिरहेकाहरूले जिब्रो टोके । मध्य दिउँसो आहियोस्थित सडकमा स्वाभाविक रूपमा गाडीहरू कुदिरहेका थिए । मानिसहरू आफ्नै पारामा हिँडिरहेका थिए । तर, सडक किनारमै एक व्यक्ति भने यौनक्रीडामा मस्त थिए, भालुसँग । यद्यपि त्यो भालु खेलौना मात्रै थियो । यौनचाहनाको उन्मादले साह्रै नै पोलेपछि २८ वर्षीय चाल्र्स मार्सलले आफ्नो कोठासम्म पुग्ने आवश्यकता पनि देखेनछन् । एल्म स्ट्रिट हेल्थ क्लिनिक नजिकैको सडकमा थपक्क उभिएर खेलौनासँग सेक्स गर्न थालिहाले । बटुवाहरू मुखामुख गर्न थाले । तर, उनको त्यो हर्कत धेरै बेर टिक्न सकेन, तुरुन्तै प्रहरी आएर पक्राउ गरिहाल्यो ।
सार्वजनिक स्थानमा यौनगतिविधि गरेको अभियोग उनीमाथि लगाइएको बताइएको छ । अझ अचम्म लाग्दो कुरा त ती व्यक्ति सन् २०१० मा पनि त्यस्तै मामिलामा ३ पटकसम्म पक्राउ परेका थिए । त्यस बेला उनलाई केही जरिवानासहित जेलमासमेत राखिएको थियो । उनले पछिल्लोपटक सेक्स गर्नकै लागि त्यो खेलौना भालु किनेको बताइन्छ ।

प्रतिक्रिया