‘रंगशाला’ मासिकको विमोचन

काठमाडौं : छैटौँ राष्ट्रिय खेलकुदको विशेषांकसहितको ‘रंगशाला’ नामक खेल मासिक पत्रिकाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले सोमबार विमोचन गरे । उक्त पत्रिकाको संरक्षकमा सदस्य–सचिव लामा, प्रधान सम्पादकमा लोकनाथ दुलाल, सम्पादकमा समन अधिकारी तथा प्रकाशकमा नीरा अधिकारी रहेका छन् । विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव लामाले विशेषांकमा पहिलोदेखि छैटौँ राष्ट्रिय खेलकुदको रेकर्डलगायत पक्ष समेटिएकाले विशेषांक ऐतिहासिक दस्तावेजका रूपमा रहने बताए । विशेषांकमा छैटौँ राष्ट्रिय खेलकुदका पदक विजेता, छैटौँ खेलको उद्घाटन, समापन र खेल गतिविधिको तस्बिर, पहिलोदेखि छैटौँ राष्ट्रिय खेलकुदको पदक तालिकालगायत समावेश छन् ।(सौस)

प्रतिक्रिया