एनआरटी र आरसिटी बराबरीमा

काठमाडौं, १९ मंसिर । यस वर्षको लिग पछिल्लो डेढ दशककै सबैभन्दा प्रतिस्पर्धात्मक हुने सम्भावना रहेको छ । सोमबार तेस्रो चरणको खेल सकिँदा चार टोलीको समान सात अंक छ भने दुई टोलीको ६ अंक छ । सोमबार भएको खेलमा एनआरटी र आरसिटीको १–१ गोलको बराबरी भयो । यसअघि भएको खेलमा नेपाल आर्मी क्लबले हिमालयन शेर्पा क्लबलाई २–० ले पराजित गर्‍यो ।

तीन चरणको समाप्तिमा मच्छिन्द्र पहिलो, मनाङ दोस्रो, एनआरटी तेस्रो र आरसिटी चौथो स्थानमा छन् । नौ खेलाडीमा सीमित एनआरटीलाई अंक दिलाउने क्रममा सेगन अकिन्डेले सानदार प्रदर्शन गरे । ७४औँ मिनेटमा सञ्जीव बुढाथोकीले सेगनलाई फल प्रहार गरेपछि एनआरटीले पेनाल्टी अवसर पाएको थियो । बाँसबारीसँगको खेलमा ह्याट्रिक गरेका सेगनले नै आरसिटीसँगको खेलमा पेनाल्टीमा गोल गरे । यसअघि ४७औँ मिनेटमा दीपेश थापा मगरको गोलमा आरसिटीले अग्रता लिएको थियो । पहिलो हाफको अन्तिम समयमा ओलावालेलाई फल प्रहरा गर्दा दोस्रो पहेँलो कार्ड स्वरूप सहिदले रातो कार्ड पाएपछि एनआरटी १० खेलाडीमा सीमित भएको थियो । ७७औँ मिनेटमा ओलावालेलाई फल प्रहार गरेपछि एनआरटीका रिजन दाहालले रातो कार्ड पाएका थिए ।
आर्मीलाई पहिलो जित दिलाउने क्रममा नवयुग श्रेष्ठ र टेकबहादुर बुढाथोकीले गोल गरे । नवौँ मिनेटमा टेकले गोल गर्दै आर्मी क्बललाई अग्रता दिलाए भने हिमालयनका गोल रक्षक विनय श्रेष्ठको गल्तीको फाइदा उठाउँदै नवयुगले दोस्रो गोल गरे ।
यसवर्षको लिगमा तीन विभागीय टोलीमध्ये नेपाल आर्मी क्लब सबैभन्दा माथिल्लो स्थानमा रहेको छ । आर्मीको ४ अंक छ भने एपीएफको ३ अंक छ । ३ खेलमा १ अंक मात्र जोडेको लगातार ३ पटकको विजेता नेपाल पुलिस क्लब रेलिगेसन क्षेत्रमा रहेको छ । आर्मी क्लबले पहिलो खेलमा फ्रेन्डस क्लबसँग बराबरी गरेको थियो भने दोस्रो खेलामा एनआरटीसँ पराजित भएको थियो ।

प्रतिक्रिया