पूर्वमन्त्री खड्काको निवेदन खारेज

काठमाडौं, १८ मंसिर । पूर्व मन्त्री खुमबहादुर खड्काको भ्रष्टाचार ठहर सम्बन्धी फैसलाको पुनरावलोकन निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।
प्रधानन्यायाधीश खिलराज रेग्मी, न्यायाधीश गिरिसचन्द्र लाल र भरतबहादुर कार्कीको पूर्ण इजलासले सर्वोच्चको फैसलालाई नै अन्तिम भएको निर्णय गरेको हो । सर्वोच्चले खड्कालाई यस अघि भ्रष्टाचारी ठहर गरेर गरिएको फैसलामा पुनरावलोकन नहुने निर्णय गरेको सर्वोच्चले जनाएको छ ।
फैसला पुनरावलोकनको माग गरेर खड्काका कानून व्यवसायीले निवेदन दिएका थिए ।
पूर्ण इजलासले खड्कालाई धरौटी राखेर तारेखमा छोड्न गरेको माग पनि खारेज गरेको सर्वोच्चले जनाएको छ ।
सर्वोच्चले साउन ३० गते पूर्व मन्त्री खड्कालाई भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष कैदा सुनाएको थियो ।

प्रतिक्रिया