आगलागीमा जलेर बालकको मृत्यु

कास्की, १७ मंसिर । पोखरा उपमहानगरपालिका–१५, पट्नेरीमा आगलागीमा परेर सात वर्षीया बालक सन्तोष विकको मृत्यु भएको छ ।
सन्तोषको उपचारका क्रममा आज विहान मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीमा दुई बालबालिका घाईते भएका छन् । शनिबार राति मैनबत्तीबाट आगो सल्केको थियो ।
आगलागीमा देवी विकका ९ बर्षीय छोरा बुद्ध विक र ३ बर्षीया छोरी बिना विक पनि गम्भीर घाइते भएका छन् ।

प्रतिक्रिया