न्यायाधीश नियुक्तिको रिटमा रायबाझियो

काठमाडौं, १७ मंसिर । सर्वोच्च अदालतले संसदीय सुनुवाई बिनानै न्यायाधीश नियुक्त गर्नु पर्ने मागसहितको रिटलाई पूर्ण ईजलासमा पठाई दिएको छ ।
न्यायाधीश गिरिसचन्द्र लाल र रामकुमार प्रसाद साहबीच रायबाझिए पछि रिटलाई पूर्ण बेञ्चमा पठाएको सर्वोच्चले जनाएको छ ।
न्यायाधीश गिरिसचन्द्रले संसदीय सुनुवाइविना सर्वोच्चका न्यायाधीश नियुक्त हुन नसक्ने राय दिए भने साहले न्याय परिषद्ले न्यायाधीश नियुक्त गर्न सक्ने राय दिएका थिए ।
सुनुवाइका क्रममा नेपाल बार एशोशिएशन र सर्वोच्च बारले एमिकस क्यूरीसमेत पठाएका थिए ।
संसद नरहेका समयमा संसदीय सुनुवाईमा समस्या भए पछि न्यायाधीश नियुक्तिमा अड्चन आएको छ । हाल प्रधानन्यायाधीशसहित १२ न्यायाधीश मात्र सर्वोच्चमा छन् ।

प्रतिक्रिया