‘मितेरी’ सार्वजनिक

काठमाडौं : गीतकार माधव निर्दोष र संगीतकार सन्तोष श्रेष्ठको गीत–गजल संग्रह ‘मितेरी’ एल्बम सार्वजनिक भएको छ । म्यूजिक खबर डट कमको आयोजनामा शनिबार  मिडिया इन्टरनेसनल अनामनगरमा आयोजित कार्यक्रममा गायिका संगीता प्रधान, गीतकार तथा पत्रकार रमण घिमिरे र शान्तिप्रिय, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली र एल्बमका स्रष्टाद्वयले संयुक्त रूपमा एल्बमको विमोचन गरेका थिए ।
एल्बममा आठ गीत छन् । सम्पूर्ण गीत माधव निर्दोषले लेखेका हुन् भने संगीत सन्तोष श्रेष्ठले दिएका हुन् । एल्बममा तिमीबाट टाढा हुँदा, दुनियाँका कुरा सुनी, गल्ती भए माफ गर, तिम्रो सधैँ जित हुँदा, बैरीको सामु, जाऊ छोडेर जाऊ जस्ता गीत समावेश छन् भने अन्जु पन्त, अञ्जना गुरुङ, नरेन्द्र प्यासी, जगदीश समाल, रामकृष्ण ढकाल र सुमन कुमार श्रेष्ठको स्वर रहेको छ ।

प्रतिक्रिया