एपिएफ र प्रहरी अपराजित

काठमाडौ: दुई विभागीय टोली एपिएफ क्लब र नेपाल प्रहरी क्लबले आठौँ ढोरपाटन ‘ब्लू स्काइ कप’ टिभिएस महिला डबल लिग भलिबलको तेस्रो दिन शनिबार पनि अपराजित यात्रालाई कायम राखेका छन् । दुवैको यो तेस्रो जित हो । गोंगबुस्थित नयाँ बसपार्कमा भएको खेलमा पछिल्लो समय सानदार फर्ममा रहेको एपिएफले अर्को सुधारोन्मुख टोली न्यू डायमन्ड स्पोर्टस् क्लबलाई हरायो । एपिएफ २५–२१, २५–२७, ३१–२९, २६–२८ र १५–९ को संघर्षपूर्ण जित हात पार्‍यो । डिफेन्डिङ च्याम्पियन प्रहरीले फिस्टेललाई २५–१८, २५–१७ र २५–२२ को सोझो सेटमा हरायो ।  ।     ढोरपाटन स्पोर्टस् प्रशिक्षण क्लबद्वारा आयोजित प्रतियोगिताको अन्य खेलमा फिस्टेलले चण्डेश्वरी युवा क्लब, रामेछापलाई २५–६, २५–१० र २५–२३ ले पन्छायो । (सौस)

प्रतिक्रिया