पोन्टिङले पर्थमा अन्तिम टेस्ट खेल्ने

पर्थ : क्रिकेटका सफल कप्तानमध्येका एक अस्ट्रेलियन रिकी पोन्टिङले जारी दक्षिण अफ्रिकाविरुद्धको तीन टेस्ट म्याच शृंखलापछि टेस्ट क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । शृंखलाअन्तर्गत दुई टेस्ट सकिसकेको छ र अन्तिम टेस्ट पर्थमा हँुदै छ । त्यही पर्थ मैदानमा, जहाँबाट उनले १७ वर्षअघि टेस्ट क्रिकेट खेल्न सुरु गरेका थिए ।
साथीहरूमाँझ आफ्नो सन्न्यासको निर्णय सुनाउँदा यसअघिका कुनै पनि पूर्वखेलाडीभन्दा फरक देखिएका ३७ वर्षीय पोन्टिङ निकै भावुक बने । यस्तो स्थितिमा अन्य अस्ट्रेलियन सहकर्मी भावविह्वल भएका थिए । ‘मैले उनीहरूलाई सम्झाउन धेरै प्रयास गरेँ,’ पोन्टिङले भने, ‘जब आज बिहान यसबारे साथीहरूलाई सुनाए । मलाई उनीहरूले कहिले पनि यतिधेरै भावुक देखेका थिएनन् होला ।’ दक्षिण अफ्रिकाविरुद्धको जारी शृंखलामा कमजोर प्रदर्शन भएपछि पोन्टिङले टेस्ट क्रिकेट छाड्नसक्ने अनुमान भएका थिए ।
उनले निरन्तरको असफलताका कारण आफूले अन्य खेलाडीलाई ठाउँ छाडेको बताएका छन् । सन् २०११ मा पोन्टिङले कप्तानीको जिम्मेवारी तत्कालीन उपकप्तान माइकल क्लार्कलाई सुम्पिएपछि राष्ट्रिय टोलीमा उनको स्थानबारे बहस हुँदै आएको छ । पोन्टिङ सबैभन्दा बढी टेस्ट जित हात पार्ने खेलाडी हुन् ।
‘धेरै सोचविचार गरेपछि नै मैले यो निर्णय लिएको हुँ,’ पोन्टिङले भने, ‘मैले पछिल्लो समय जुन स्तरको प्रदर्शन गरिरहेको छु, सायद त्यो अस्ट्रेलियाको टिममा रहन उपयुक्त छैन ।’ उनले आफू एकरूपले प्रदर्शन गर्न चाहने खेलाडी भएको बताउँदै पछिल्लो डेढ वर्ष यसबाट बाहिरिएको बताए । पोन्टिङले क्रिकेटबाट पनि आफूले बिदा लिनुपर्ने समय आएको बताए । ‘सम्भँmदा मैले क्रिकेटमा बिताएको २० वर्ष भएछ । यसबीच मैले आफ्नो जीवन सम्पूर्ण रूपमा क्रिकेटलाई दिए । अब यसलाई इन्जोय गरेर जिन्दगी जिउने छु,’ उनले भने । टेस्ट क्रिकेटमा ४१ शतक र ६२ अर्धशतक बनाएका पोन्टिङले केही समयअघि एकदिवसीय क्रिकेट छाड्ने निर्णय लिनुअघि यस स्वरूपमा ३० शतक र ८२ अर्धशतक आफ्नो नाममा लेखाएका थिए । (एजेन्सी)

प्रतिक्रिया