पुलिस र एपिएफको जित

काठमाडौं : दुई विभागीय टिम डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब र एपिएफ क्लबले आठौँ ढोरपाटन ‘ब्लु स्काइ कप’ टिभिएस महिला डबल लिग भलिबलमा बिहीबार विजयी सुरुआत गरेका छन् ।
गोंगबुस्थित नयाँ बसपार्कमा भएको उद्घाटन खेलमा पुलिसले चण्डेश्वरी युवा क्लब, रामेछापलाई २५–९, २५–१२ र २५–९ को सोझो सेटमा हरायो । एपिएफले धादिङ जिल्ला भलिबल संघलाई सिधा सेटमा २५–०, २५–६ र २५–५ ले पराजित गर्‍यो ।
ढोरपाटन स्पोर्टस् प्रशिक्षण क्लबद्वारा आयोजित प्रतियोगिताको अर्को खेलमा पोखराको फिस्टेलले काभ्रे जिल्ला भलिबल संघलाई २५–६, २५–३ र २५–७ को सोझो सेटमा पराजित गर्‍यो । (सौस)

प्रतिक्रिया