एमाओवादीको दम्भ बाधकः सिटौला

झापा, १४ मंसिर । कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले १२ बुँदे सम्झौताको कार्यदिशा पुरा नभएसम्म दलहरु मिलेर जानुको विकल्प नभएको बताएका छन् ।
गृह जिल्ला झापामा आज आयोजित कार्यक्रममा सिटौलाले सहमतिका लागि त्याग गर्छु भन्ने प्रधानमन्त्रीलाई त्याग गरेर देखाउन सुझाव दिए । उनले कांग्रेस नेतृत्वमा बन्ने सहमतीय सरकारले मुलुकलाई निकास दिने पनि दाबी गरे ।
उनले भने, ‘एमाओवादीले अहंकार र दम्भ नत्यागेसम्म सहमति हुन सक्दैन ।’ एमाओवादीले दलहरुलाई पटक–पटक धोका दिने गरेकै कारण मुलुकमा अविश्वासको संकट आएको समेत सिटौलाले उल्लेख गरे । सौर्य

प्रतिक्रिया