‘सरकारको नेतृत्व जस्ले गरेपनि हुन्छ’

झापा, १४ मंसिर । एमाले अध्यक्ष झलनाथ खनालले सहमतीय सरकारको नेतृत्व जसले गरेपनि हुने बताएका छन् ।
झापामा आज मनमोहन मेमोरियल अस्पतालको उद्घाटन कार्यक्रममा खनालले वर्तमान सरकारको बिस्थापन पछि बन्ने सहमतीय सरकारको नेतृत्व जसले गरे पनि एमालेको समर्थन रहने बताए ।
‘एमाओवादी अध्यक्ष प्रचण्डलाई निर्वाचनसम्म सबैसँग मिलेर जान सुझाव दिएको छु,’ उनले भने, ‘नेतृत्वका लागि एमाओवादीले बखेडा गर्नु हुँदैन ।’
वर्तमान सरकार सहमतिको प्रमुख बाधक रहेको आरोप दोहराएका खनालले राष्ट्रिय सहमतिको सरकार बनाएर संबिधानसभाको निर्वाचन गर्नु पर्ने बताए ।
समयमा दलहरुका बीच सहमति गर्न ढिला भए बैशाखमा चुनाव हुन नसक्ने उनको भनाई थियो ।
एमाओवादीले आफूलाई ठूलो पार्टी भन्दै सरकारको नेतृत्व गर्न नमिल्ने अध्यक्ष खनालको भनाई छ । ‘पार्टीहरुको हैसियत निर्वाचनबाट मात्र निर्धारण हुन्छ,’ उनले भने, ‘अहिले नै ठूलो पार्टीको दावी नगर्दा राम्रो हुन्छ ।’

प्रतिक्रिया