सिलाई पसलमै जवरजस्ती करणी

सुनसरी, १३ मंसिर । सुनसरी जिल्लामा युवतीलाई जवरजस्ती करणी गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही सुरु गरेको छ ।
चाढवेला–१ घर भएकि १७ चौधरी थरकि १७ वर्षीया युवतीलाई सोनापुर–२ मा सोमबार बेलुका जवरजस्ती करणी गरेको अभियोगमा सिलाई पसलका तजमुल मियाँलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
२४ वर्षीया मियाँ सोनापुर–२ घर भई दुहवी–७ मा कपडा सिलाई पसल गरी बस्दै आएका छन् । युवती पनि सोही पसलमा काम गर्दै आएकि थिईन ।
दुहवी–७ मा रहेको कपडा सिलाई पसलमा जवरजस्ती करणी गर्ने क्रममा हो–हल्ला भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तत्काल आएको प्रहरीले मियाँ र युवतीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।
युवतीले मियाँले जवरजस्ती करणी गरेको बताएकि थिईन । सो आरोप पछि पीडित युवतीलाई प्रहरीले स्वास्थ्य परीक्षण समेत गरिएको छ । (तस्विर गुगल)

प्रतिक्रिया