न्यु डायमन्ड उपाधिका लागि भिड्दै

काठमाडौं : न्यु डायमन्ड एकेडेमीले १४ मंसिरदेखि सुरु हुने ब्लु स्काई ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको उपाधि दाबेदारका रूपमा कोर्टमा उत्रिने एकेडेमीका संस्थापक प्रिन्सिपल एवं प्रशिक्षक कुमार राईले जानकारी गराएका छन् । पछिल्लो संस्करणसम्म पोखराको ज्ञानुबाबा क्लब र नेपाल पुलिस क्लबबीच उपाधि भिडन्त भए पनि यो वर्ष एपिएफ क्लब पनि उपाधि जित्न लायक टोलीका रूपमा रहेको छ । यीसँगै न्यु डाइमन्ड क्लब गरी उपाधिका लागि चौपक्षीय भिडन्त हुने अनुमान गरिएको छ ।
सर्वाधिक धनराशिको प्रतिष्ठित महिला डबल लिग भलिबल प्रतियोगिता नजिकिँदै गर्दा महिला भलिबलका पारखी राईले प्रेस विज्ञप्तिमा पाँचौँ संस्करणमा दोस्रो स्थान प्राप्त गर्नुबाहेक अन्य संस्करणमा उल्लेख्य प्रदर्शन गरेको छैन । (सौस)

प्रतिक्रिया