कांग्रेसलाई सहयोग गर्नुसः कोइराला

काठमाडौं, १२ मंसिर । कांग्रेस सभापति सुशील कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग सहमतीय सरकार बनाउन सहयोग गर्न आग्रह गरेका छन् ।
दाहाल निवास लाजिम्पाटमा आज भएको भेटमा कोइरालाले एमाओवादीलाई कांग्रेस नेतृत्वमा सरकार बनाउन आग्रह गरेका हुन् ।
भेट पछि सञ्चारकर्मीसँगको कुराकानीमा सभापति कोइरालाले सहमतीय सरकारमा सहयोग गर्न आग्रह गरेको बताए । उनले भने, ‘एमाओवादीसँग कांग्रेसलाई सहयोग गर्न आग्रह गरेको छु ।’
कांग्रेसको आग्रहलाई एमाओवादीले भने स्पष्ट केही जवाफ दिएको छैन । पार्टीमा सल्लाह गरेर जवाफ दिने जवाफ दाहालले दिएको कोइरालाले उल्लेख गरे ।

प्रतिक्रिया