क्रिश्चियनको पैसामा धर्म परिवर्तन

काठमाडौं, ११ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पुसको दुई गते देखि मुलुकका विभिन्न स्थानमा रथ यात्रा गर्ने जनाएको छ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज पार्टी कार्यालय बालुवाटारमा पत्रकार सम्मेलन गरेर रथ यात्राको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । जनकपुरबाट शुरु हुने रथ यात्रा पुस–११ गते पशुपति नाथमा आएर समापन हुने छ । ‘जनकपुर, लुम्विनी, विन्दूवासिनी पशुपति नाथ रक्ष यात्रा’को नाम दिईएको सो यात्राले १८ जिल्लाको भ्रमण गर्ने छ ।
साम्प्रदायिक सद्भाव राख्न र भाईचाराका लागि नेपाललाई हिन्दू राज्य बनाउन माग गरेर पुसको दुई गतेदेखि एघार गते सम्म रथ यात्रा गर्न लागेको थापाले बताए ।
नेपालमा क्रिश्चियनहरुले आफ्नो प्रभूत्व बढाउन धर्म परिवर्तनलगायतका गतिविधि सञ्चालन गर्दा समेत सरकारले कुनै कदम नचालेको भन्दै अध्यक्ष थापाले विरोध जनाए । उनले पश्चिमा राष्ट्रको पैसामा नेपाललाई क्रिश्चियनहरुको अखडा बनाएको आरोप समेत लगाए ।

प्रतिक्रिया