नेपालको जनसंख्या साढे २ करोड बढि

काठमाडौं, ११ मंसिर । राष्ट्रिय तथ्याङक विभागले नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ पुगेको जनाएको छ ।
विभागले आज सिंहदरबारमा विशेष कार्यक्रम गरेर जनगणनाको तथ्याङक सार्वजनिक गरेको हो । सो प्रतिवेदन प्रधानमन्त्री प्रधानमन्त्री बाबुराम भट्टराईले सार्वजनिक गरेका हुन् ।
तथ्यांक अनुसार महिलाको जनसंख्या १ करोड ३६ लाख ४५ हजार ४ सय ६३ रहेको छ । पुरुष १ करोड २८ लाख ४९ हजार ४१ पुगेको छ । पहाडमा ४३ र हिमालमा ६ दशमलव ७ प्रतिशत जनसंख्या रहेको छ ।
यस पटक सबै भन्दा बढि काठमाडौं र थोरै मनाङमा जनसंख्या रहेको छ । राष्ट्रिय जनगणना २०६८ को प्रतिवेदनले यस पटक पनि महिलाको संख्या बढी देखाएको छ ।
प्रतिवेदन अनुसार जनसंख्या वृद्धिदर १ दशमल ३५ प्रतिशत छ । महिलाको प्रतिशत ५१ दशमलव ५ छ भने पुरुषको ४८ दशमलव ५ रहेको छ ।

प्रतिक्रिया