पराजयपछि पुलिसलाई थप संकट

काठमाडौं, १० मंसिर । नेपाल पुलिस क्लबले सहिद स्मारक लिगमा हालसम्मकै सबैभन्दा खराब सुरुवात गरेको छ । नेपाल पुलिस क्लब शनिबार सम्पन्न खेलमा काठमाडांै मल संकटा स्पोर्ट्स क्लबसँग २–० ले पराजित भयो । यसअघि आइसबर्ग मध्यपुर युथ एसोसिएसनसँग बराबरीमा रोकिएको पुलिस क्लबको दुई खेलमा एक अंक मात्र भएको छ । संकटालाई जित दिलाउने क्रममा रितेस खड्का र एकजन तुलाधरले गोल गरे  ।
०६० सालदेखि सहिद स्मारक लिग खेल्न सुरु गरेको पुलिसको सुरुवाती दुई खेलमा एक अंक मात्र भएको यो पहिलोपटक हो । खेलको दौरान टोलीका नियमित खेलाडी जुमानु राई र सुरज विक घाइते हुनु पुलिसका लागि थप घातक भयो । २२ आँै मिनेटमा पुलिस क्लबले कर्नर पाएपछि जुमुन संकटाका रक्षकसँग ठोक्किए भने त्यसैगरी अन्य खेलाडीसँग ठोक्किएर सुरज पनि घाइते भए । जुमानुको टाउकोमा चार टाँका लगाइएको छ । जुमानुलाई दिनेश गुरुङ तथा सुरजलाई टीकाराम कार्कीले प्रतिस्थापन गरे ।
अर्को खेल मध्यपुर र मच्छिन्द्र क्लबबीच गोलरहित बराबरी भयो । जाउलाखेलसँगको पहिलो खेलमा फराकिलो जित हात पार्दै उपाधि दाबेदारका रूपमा प्रस्तुत भएको मच्छिन्द्र मध्यपुरसँग भने कमजोर ठहरियो । मच्छिन्द्र मध्यपुरसँगको खेलमा फिका रहेको थियो । मध्यपुरले नै धेरै गोलका अवसर सिर्जना गरे पनि यसलाई गुमाएको थियो ।
रविन श्रेष्ठबाहेक त्यत्ति स्तरीय रक्षक नभएको पुलिस क्लबको बास्तविकता संकटासँगको खेलको २३ आँै मिनेटमा देखियो । पुलिसको रक्षापंक्तिको कमजोरीको फाइदा उदाठउँदै रितेस खड्काले संकटालाई अग्रता दिलाए । ६९ औँ मिनेटमा एक्जनले डिबक्स एजबाट सानदार प्रहार गर्दै गोल गरे । ६० आँै मिनेटमा रमेसले एउटा राम्रो प्रहार गरे पनि गोल भएन । पराजयपछि पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले बेन्चमा राम्रो खेलाडी नभएको र धेरै खेलाडी फिट नभएका कारण टोलीलाई धक्का लागेको बताए ।
यता २६ आँै मिनेटमा मध्यपुरका राजकुमार घिसिङ र वेद श्रेष्ठ मिलेर बनाएको मुभ खेर नगएको भए मच्छिन्द्र पनि अप्रत्यासित परिणामको सिकार हुने थियो । ७३ आँै मिनेटमा जीवन सिन्केमानले अर्को गल्ती गरे ।

प्रतिक्रिया