‘राष्ट्रपति संविधान विपरीत गए’

काठमाडौं, ९ मंसिर । एमाओवादीले राष्ट्रपति डा.रामवरण यादवले सहमतीय सरकारका लागि गरेको आह्वान संविधान विपरित रहेको टिप्पणी गरेको छ ।
लाजिम्पाटस्थित अध्यक्ष दाहालको निवासमा आज बसेको पदाधिकारी र प्रभावशाली नेताहरुको बैठकले राष्ट्रपतिको कदमलाई असंवैधानिक रहेको दाबी गरेको हो ।
बैठकका बारेमा जानकारी दिँदै एमाओवादीका नेता अमिक शेरचनले संसद् नभएका बेला राष्ट्रपति निरंकुश बन्न खोजेको आरोप लगाए । उनले भने, ‘संविधानले दिएको अधिकार विपरीत दलहरुलाई सरकार गठन गर्न समयसीमा तोक्न मिल्दैन ।’
राष्ट्रपति डा.यादवले शुक्रबार राष्ट्रिय सहमतिको सरकार गठन गर्नका लागि आह्वान गरेका थिए । त्यस लगत्तै आज एमाओवादीको बैठक बसेको हो ।

प्रतिक्रिया