आफ्नै २८ महिनाकी छोरीको हत्या

नुवाकोट, ८ मंसिर । नुवाकोट जिल्लामा पूर्णबहादुर तामाङले आफ्नी नाबालिका छोरी अस्मिता तामाङको हत्या गरेका छन् ।
कुमरी–६, काफचौर बस्ने ३६ बर्षीय पूर्णबहादुरले आफ्नै २८ महिनाकी छोरी अस्मिताको बिहीबार राति हत्या गरेर फरार भएका हुन् । उनको खोजी कार्य जारी रहेको छ ।
मादक पदार्थ सेवन गरी पत्नी ठूलीकान्छी तामाङलाई कुटपिट गर्न खोज्दा उनले छोरीलाई हत्या गरेको प्रहरीले जनाएको छ । पत्नीको रिसका कारण उनले छोरीको हत्या गरेका हुन् ।

प्रतिक्रिया