दुई साता भित्रै सहमति खोज्न सुझाव

काठमाडौं, ७ मंसिर । संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले दुई साता भित्र विपक्षी दलहरुसँग परामर्श गरेर सहमति कायम गर्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई सुझाव दिएको छ ।
बालुवाटारमा आज बसेको गठबन्धनको बैठकले १५ दिनभित्र दलहरुसँग छलफल गरेर सहमति कायम गर्ने जिम्मेवारी दाहाललाई पुनः दिएको प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिए ।
मंसिर–७ गतेको निर्वाचन बैशाख सम्म सारेको वर्तमान सरकारले सहमतिका लागि विपक्षीलाई सरकारमा सहभागी हुन पुनः आह्वान गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ । बैठकमा मधेसी मोर्चाको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया