साधक सरगम बजारमा

काठमाडौं : युवा गायक हेम राज गौतमको पहिलो गिती सीडी बजारमा सार्वजनिक भएको छ । सुर्खेतमा जन्मिएका गौतमले लामो समयको अभ्यास पछि बुलबुल म्युजिक कम्पनिमार्फत आफ्नो पहिलो गिती सीडी बजारमा ल्याएका हुन् । दु:ख परे, खाम कि नखाम, सपना जोडी, नपिउ भन्छु, र तीर्थ ब्रत गर्ने बेला लगायतका गीतहरु समेटीएका छन् । उक्त एलबममा श्रीकृष्ण बम मल्ल, एन.बी.थापा मगर, विजय थापा मगर, गोमा नेपाल, कमल कार्की र गायक स्वयंका पनि शब्द तथा संगीत छ । शीर्ष गीत ‘दु:ख परे’मा गायक गौतमलाई उदीयमान गायिका स्मृति शाहीले साथ दिएकी छन्  । (सौस)

प्रतिक्रिया